४ पुस २०८२, शुक्रबार | December 20, 2025

थाइल्याण्डमा प्लास्टिक सर्जरी गरेर लागुऔषध ब्यापार गर्ने पक्राउ



बैंकक । थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ ।

यसै साता ब्यांककबाट पक्राउ परे पछि उनले पलास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।

न्यज स्काई डटकमका अनुसार आफनो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जिमिन राखेका थिए ।

प्लास्टिक सर्जरी गरेर रुप बदलेका २५ बर्षिया उनलाई  थाइल्याण्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो । उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी उ बैंककमा पक्राउ गरेका परेका हुन ।

उनको बारेमा जानकारी दिनेहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन् ।

थाईल्याण्ड प्रहरीका अनुसार यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने उनी पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको ब्यापार गरिरहेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको