२२ मंसिर २०८२, सोमबार | December 8, 2025

रुपन्देहीमा डिएसपीसहित १४ प्रहरीलाई कारवाही



भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।

भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो ।

यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने ।

प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरिक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने ।

कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नती हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गदैृ आएको थियो । प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए ।

यस्तै प्रहरी उपरिक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो ।

ठूलो परिमाणमा लागु औषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश-निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पु¥याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ४९ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी