काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ का लागि नेपाली टिमका स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
टिममा समावेश गर्न आईसीसीले अनुमति दिएसँगै घाइते स्पिनर मौसम ढकालको ठाउँमा सन्दीपलाई लगिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेका हुन् ।
क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् ।
प्रतिक्रिया