२२ बैशाख २०८१, शनिबार | May 4, 2024

रोजगार बन्दै कारागारका कैदीबन्दी



सुर्खेत । सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् ।

कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’

आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए । एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पुर्‍याउन गाह्रो भएको उनले बताए।

‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ।

कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको  सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए ।

‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने । यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ ।

कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन् । आमाको संरक्षणमा ३ बालबालिका रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ५७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको