७ आश्विन २०८३, बुधबार | September 23, 2026

एक्लै हिडने हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु



बारा । हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् ।

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् ।

यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए ।

हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुदै आएको छ ।

घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताए ।

केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको समेत मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज