१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

मुगुमा ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर



मुगु । विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ ।

अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंखया विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म  करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो ।

मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । जसमा मुगुमा २६ हजार ३००  जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन् ।

मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन ।

बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहँुचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ ।

उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।  यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ ।

खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहँुचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।

राष्ट्रिय प्रसारण लाइनले छोएन 

कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन । कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले जानकारी दिए ।

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, ज्येष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ ।
 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : १६ बजे

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको