६ श्रावण २०८३, बुधबार | July 22, 2026

मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ ।

उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ ।

मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो ।यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिला नै निष्कासन गरिसकेको थियो ।

यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

मोलुङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं