१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरलाई कुनै असर नपर्ने



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको सुरुङमार्गको प्रारम्भिक काम थालेको चाइनिज कम्पनीले सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरमा कुनै असर नपर्ने स्पष्ट पारेको छ ।

सञ्चारमाध्यमहरुमा सुरुङमार्गका कारण सिद्धबाबा मन्दिर स्थानान्तर हुन सक्ने आसयका समाचार आएपछि तिनाउ गाँउपालिकामा भएको छलफलमा सो कम्पनीले मन्दिरलाई सुरक्षित राख्दै सुरुङमार्गको काम अगाडि बढ्ने स्पष्ट पारेको हो ।

मन्दिर व्यवस्थापन समिति, गाँउपालिकाका पदाधिकारी र स्थानीयहरुबीच भएको छलफलमा सिद्धबाबा सुरुङ्ग मार्ग आयोजनाको ठेकेदार कम्पनी चाईनीज कम्पनीका प्रोजेक्ट उपप्रमुख सिसि सुङ्ले मन्दिरलाई सुरक्षित बनाएर बाँकी काम अगाडि बढ्ने बताए । उनले डिपीआरमा मन्दिरको सुरक्षालाई ध्यानमा राखिने बताउँदै त्यसभन्दा बाहिरको काम नहुने बताए ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले सुरुङ्गका कारण मन्दिर सर्ने विषयमा आफुलाई कुनै आधिकारीक पत्र नआएको बताए । उनले आयोजना संगको छलफलमा मन्दिरले निर्माण गरेको धर्मशाला सहितका व्यावसायिक सटरमा प्रारम्भिक चरणमा सडक डाईभर्सन गर्नको लागि हटाउन सकिने सामान्य कुरा भए त्यस सम्बन्धमा कुनै पत्र प्राप्त नभएको बताए ।

धर्मशालामा सयौं भक्तजनहरुको श्रद्धा सहितको लगानी परेको भन्दै उनले धर्मशालाको वैकल्पिक व्यवस्था गरेर मात्र त्यसका केहि भाग हटाउन सकिने बताए ।

सिद्धबाबा मन्दिर विकास समितिका सचिव अरविन्द पाण्डेले मन्दिर सबैको आस्थाको केन्द्र भएको कारण मन्दिर देखिकेही मिटर उत्तर तर्फ रहेको पुरानो पार्कीङ्ग र पानी ट्यांकी निरबाट सुरुङ्गमार्गको द्वार निर्माण हुने भएको कारण मन्दिरमा कुनै असर नपर्ने बताए ।

मन्दिर विकास समितिका सदस्य तोया लम्सालले वैकल्पिक व्यावस्था विना धर्मशाला हटाउन नहुने बताउँदै त्यसलाई बचाएर सडक र सुरुङ्ग निर्माणगर्नका लागि पहल गरिएको बताए ।

छलफलले सडक डिभिजन कार्यालय बुटवलबाट सुरुङमार्गको नक्सा र त्यसले पार्ने असरका विषयमा सूचना माग्ने र आवश्यक छलफल अगाडि बढाउने निर्णय समेत गरेको छ ।

छलफलमा बोल्दै तिनाउ र्गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकाले सडक डिभिजनबाट सुरुङमार्गको विवरण माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : २४ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै