३ आश्विन २०८३, शनिबार | September 19, 2026

शंकरनगर सामुदायिक वनको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान



तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १-४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ ।

२०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शंकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको हो ।

५८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ भने मानविय सेवा अन्तर्गगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनले मानवलाई आवश्यक पर्ने रक्तदान जस्तो महत्वपुर्ण काम गरेको भन्दै अन्य संघसंस्थाले पनि यसको अनुशरण गर्नुपर्ने वताए । उनले तिलोत्तमा नगरवासीकालागि तिलोत्तमा नगरपालिकाले निशुल्क रगतको ब्यवस्थाका लागि रक्तसञ्चार केन्द्र संग सम्झौता गरेको वताए । उनले उनले समाजका अगुवाहरुको प्रयाशले वन जंगल र जमिन जोगिएको भन्दै वनलाई जनताको आर्थिक विकास र समृद्धिसंग जोड्नुपर्ने आवश्यक्ता औल्याए ।

नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले संघसंस्थाहरुले संस्थाको कोष बृद्धि गर्नुभन्दा जनतालाई बढिभन्दा वढि सेवा सुविधा कसरि दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको वताइन् । सामुदायि वन, खानेपानी संस्थाहरुले जनतालाई दिने सेवा महंगो भएको भन्दै उनले यस्ता संस्थाहरुले संस्थाको कोष बुद्धि भन्दा जनतालाई सहुलियत दिन आग्रह गरिन् ।

समूहका अध्यक्ष रबिन्द्र वस्नेतले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै सामुदायिक वनले मानविय सेवा अन्तर्गत वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको वताए । सामुदायिक वनको संरक्षण र दिगो विकासका लागि अग्रजहरुको महत्वपुर्ण भूमिका रहेको वताए ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष केशवराज नयौपाने, उपाध्यक्ष कमला ज्ञवाली र सचिव कालिका अधिकारीले भूमाफियाहरुले हडप्न खोजेको ८२ विगाह जग्गा जोगाउन सफल भएको भन्दै वनको संरक्षण, दिगो विकास र चोरी निकाशी नियन्त्रणका लागि सवैको साथ र सहयोग आवश्यक पर्ने वताए ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा वनका पदाधिकारी, सदस्य, कर्मचारी र विभिन्न क्लवका प्रतिनिधिहरुले रक्तदान गरेको समूहका सदस्य मिनप्रसाद देवकोटाले जानकारी गराए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ०३ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा