२२ असार २०८३, सोमबार | July 6, 2026

लमजुङमा नौ दिने पदमार्ग पहिचान : हनी हन्टिङ, झरना, गुफादेखि भेडिगोठसम्म



लमजुङ । दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ ।

पदमार्गमा भीडीगोठहरु भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।

मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भीडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ । ‘हामी भेडिगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौं दोर्दी  गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने ।

उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए ।

अधिकारीका अनुसार दोर्दी गाउँपालिका ४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ ।

यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखलालगायतको दृश्यावलोकन गर्न सकिन्छ । ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ३४ बजे

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको