२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको नोक्सानीमा जम्मा ८० रनको झिनो योगफल बनायो । लुम्बिनी खुकुरीका बलर चम्किँदा सैनामैनाका ब्याट्सम्यान निरीह बने । सैनामैनाका लागि विशन डुम्रे र सन्जु बोहराले समान १५–१५, विक्रम गौतमले १३ र बसन्त खड्काले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन समेत जोड्न सकेनन् ।

८.५ ओभर बलिङ गरेका लुम्बिनी खुकुरीका इकलाख अहमद वारिसले ५ मेर्डन राख्दै १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, अजयकुमार चौहानले ३ तथा साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले १५.३ ओभरमा ३ विकेटको नोक्सानीमा ८४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विराट भण्डारी र निश्चल चौधरीले नटआउट क्रमशः २७ र १८ रन जोडे । बलिङमा सैनामैनाका करण विकले ३ विकेट लिए । लुम्बिनी खुकुरीका इकलाख अहमद वारिस म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ३ : ०१ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल