२१ भदौ २०८३, आइतबार | September 7, 2026

सुदुरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तै सर्त



धनगढी । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण भोलि लिन खोजिएको विश्वासको मत अन्यौलमा परेको छ ।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बनेपछि सुदुरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ तर शनिबार दुवै दलले सर्त राखेपछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । यद्धपी विश्वासको मत लिनु अघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । आज र भोलि पनि शाहले दुवै दलसँग बार्ता र छलफल गर्नृे कांग्रेस नेताहरुले जनाएका छन।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ४ : ३९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त