१६ असार २०८३, मंगलबार | June 30, 2026

पिएसजीकाे नान्टेसमाथि ४-२ काे सानदार जीत, शिर्षस्थान कायमै



काठमाडौ । पिएसजीले नान्टेसमाथि ४-२ ले जीत हासिल गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२ औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७ औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २-० ले अग्रता लियो ।

३१ औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २-१ को स्थितिमा ल्याए । लगतै ३८ औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । तर ६० औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४-२ को जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५१ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज