२२ भदौ २०८३, सोमबार | September 7, 2026

होलीको बहानामा त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ को प्रचार



काठमाडौं । अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ आगामी चैत १७ अर्थात् मार्च ३१ मा रिलिज हुँदैछ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन छ ।

भोलि सोमबार परेको फागु पूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै फिल्मका प्रमुख दुई कलाकार अरुण र शुभेक्षाले होली फोटोसुट गरेका छन् । तस्बिरमा रातो रंगमा अरुण र शुभेक्षाको जोडीलाई निकै सुहाएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्वीर खिचाएका छन् ।

थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्वीरमा दुवैलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ । निर्देशक भण्डारीले फिल्मको प्रमोसनमा होलीले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले फोटोसुट गरिएको बताए ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ ।

फिल्म ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल९ध्क्ष्ऋब्०को डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ४३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार