८ माघ २०८२, बिहिबार | January 22, 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहले आफुलाई विश्वासको मत मागेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४१ मत परेको छ भने विपक्षमा ११ मत परेको सभामुख भीमबहादुर भण्डारीले जनाएका छन् । ५३ सदस्यीय प्रदेशसभामा शाहले ४१ मत पाएका छन् । यो दुई तिहाई बढी मत हो । मतदानमा ५२ जना उपस्थित भएका थिए ।

यसअघि प्याकेजमा मन्त्रिपरिषद् गठन हुनुपर्ने र आलोपालो मुख्यमन्त्रीको लिखित सहमति हुनुपर्ने माग राख्दै माओवादी केन्द्रले विश्वासको मत दिन अस्वीकार गरेको थियो । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी विश्वासको मत दिन निर्देशन दिएका थिए ।

सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने आजै निर्णय गरेको थियो ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । फागुन २६ गते प्रदेश सभामा उनले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल नै अस्वीकृत भएको थियो ।

शाह गत माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ०६ बजे

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर