७ आश्विन २०८३, बुधबार | September 23, 2026

घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खान भागे



ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन ।

आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।

टविटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’ प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन ।

उनले जवाफ टविट लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? ‘ यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो ।

इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतकाे आदेश छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज