५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले मल बुटवल राइनोजलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित ५० ओभरमा खेलमा २३.२ ओभरमा सबै विकेट गुमाउँदै ५९ रनको झिनो योगफलमा रोकियो । उसका लागि शिव कुँवरले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न मेलवर्नका बलर चम्किए । मेलवर्नमा सन्देश जिसी र रोशनलाल गुप्ताले ३–३ तथा मोहम्मद हुसेन र विष्णु कटरियाले २-२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ९.१ ओभरमा २ विकेटको नोक्सानीमा ६३ रन बनाउँदै जित निकाल्यो । उसका लागि समिर खानले २१, विजय प्रजापति र विष्णु कटरियाले नटआउट क्रमशः १७ र ११ रनको योगदान दिए । बलिङमा बुटवलका शिव कुँवरले २ विकेट लिए । मेलवर्नमा विष्णु कटरिया म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ११ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र