२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

तम्घास-रेसुङ्गा सडक : स्थानीयले रोके कालोपत्रेको काम



गुल्मी । सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै तम्घास रेसुङ्गा सडकको काम स्थानीयले रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् ।

तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्झौता अनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए ।

“मापदण्डअनुसार काम भएको छैन”, उनले भने, “कालोपत्रे उप्किएर गिट्टी माटो देखिन्छ ।” उनले आफूहरु निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम सुरु गर्न दिने बताए ।

स्थानीय नीरज मरासिनीले व्यवसायीले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरे । “एकतर्फी खुल्ला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ”, उनले भने, “सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम सुरु हुन्छ ।”

तम्घास–रेसुङ्गा नामाकरण भई विसं २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पु¥याइएको छ भने यसका लागि कूल रु १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्रे गुणस्तरीय भए वा नभएको विषयमा आफूहरुले अनुगमन गर्ने उनको भनाइ छ । “विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ”, उनले भने, “सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।”

निर्माण व्यवसायी बीरेन्द्र भुसालले भने आफूहरुले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरे । उनले ८० प्रतिशत काम सकिएको भन्दै रु १३ करोड ५२ लाख भुक्तानी लिई सकेको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : २६ बजे

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, निर्णय फिर्ता लिन माग

भैरहवा । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी

तिनाउ सुनचाँदी पसल प्रकरण : बीमा रकम दाबी गर्न चोरीको नाटक, सञ्चालक नै मुख्य योजनाकार रहेको यसरी खुल्यो रहस्य

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ