२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रोहिणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो ।

रोहिणी-३ स्वामीनगर, धकधई स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल मैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले बताए ।

उनका अनुसार छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ । त्यस्तै पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको छ ।

त्यसै गरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको रोहिणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले बताए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलका देवनारायण घर्ती घोषित भएका छन् ।
समापन समारोहमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई रोहिणी गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विद्या प्रसाद यादवले शिल्ड (पुरस्कार) प्रदान गरेका थिए ।

समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए । प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो ।

रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा श्री राम नरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव राम सुरेश वर्मा, प्रशिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगिताका प्रशिक्षकहरुलाई सम्मान-पत्र प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : २४ बजे

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय