३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रोहिणी-३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए । उनले मेशिनरीको रेखदेख, मर्मतसम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्नेतर्फ ध्यान दिनुपर्छ । मेशिनको दुरुपयोग नहोस् । ’ कृषि शाखा प्रमुख यादवले कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले कुनै पनि किसानलाई भेदभाव नगरिएको बताए । उनले वडाका विभिन्न स्थानमा बोरिङ जडान गरिएको बताए । उनले भने, ‘हिजो जुन स्थानमा केही उत्पादन भएको थिएन, आज त्यहाँ हराभरा छ । यसले हामीलाई खुसीको अनुभुति भएको छ । ’

गाउँ कार्यपालिका सदस्य नियामत अलीले तरकारी खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘नेपाल कृषिप्रधान देश हो । तरकारी खेतीमा जोड दिन सक्यौं भने तरकारी किनेर खानुपर्दैन ।’

रोहिणी-३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि वडा कार्यालय र गाउँपालिकाबाट सक्दो काम अगाडि बढाउने बताए ।

गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले रोहिणी गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको बताए । उनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाले सामाजिक विकासमा पनि जोड दिएको बताए । उनले भने, ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’ उनले सामूहिक खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे ।

कृषकहरुको तर्फ बोल्दै स्थानीय चन्द्र कुमार सिंहले कृषकलाई पम्पसेट वितरण गरेकोमा धन्यवाद दिदै सिंचाईको व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘पम्पसेट उपलब्ध भएको छ । सिंचाईका लागि व्यवस्था गर्नेतर्फ वडा कार्यालय र गाउँपालिका लाग्नुपर्छ ।’

रोहिणी गाउँपालिका-३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख जितेन्द्र यादवको प्रमुख आतिथ्यता, ३ नम्बर वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर कृष्णमोहन यादवको स्वागत तथा वडा सचिव पुर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : २४ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन