३१ भदौ २०८३, बुधबार | September 16, 2026

सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा रोहिणी गाउँपालिकाले लगायो डोजर



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

रोहिणी गाउँपालिका-२ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिए ।

पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको मुख्य गेट तथा पर्खाल भत्काइएको उनले बताए । उनले भने, ‘सीमा क्षेत्रमा रहेको कवाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ ।’

रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले दर्ताबिना सञ्चालन भइरहेको कवाड संकलन गर्ने गोदामबाट अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले गोदामको संरचना भत्काइएको बताए । उनले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ५० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै