६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रचण्ड विरुद्धको मुद्दा राज्यको साझा विषय हो : रमेश लेखक

'संक्रमणकालीन न्यायको विषयमा राज्यका सबै अंगको सकारात्मक भूमिका हुनेछ'



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दायर मुद्दा कुनै एक पार्टीको नभएर राज्यको विषय भएको बताएका छन् ।

संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालको घटनाका विषयलाई लिएर प्रचण्ड विरुद्ध दायर रिटको विषय राज्यकै विषय भएको बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषयमा राज्यका सबै अंगहरुको सकारात्मक भूमिका हुने विश्वास व्यक्त गरे । लेखकले भने, ‘यो कुरा कुनै पार्टीको हो भन्ने होइन। यो राज्यको विषय हो। द्वन्द्वकालमा जति पनि घटना भए त्योबाट पीडितलाई न्याय र परिपुरण दिने यो विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने भनेको राज्यले हो । राज्यको विषय भन्ने वित्तिकै सरकार, संसद, राजनीतिक दलहरू र यसमा सर्वोच्च अदालत पनि पर्‍यो। यसमा सबै मिलेर कार्यसम्पादन गर्ने हो। यसबारे सर्वोच्चको भूमिका सकारात्मक हुन्छ भन्ने मलाई विश्वास छ।’

लेखकले संक्रमणकालीन न्यायका विषयलाई सम्बोधन गर्न त्यससम्बन्धी विधेयक संसदमा लैजानुपर्ने र छिटो पास गरेर कानूनअनुसार आयोग गठन गरिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्च अदालतमा आज मुद्दा परेको छ । यसको सुनुवाई यही फागुन २५ मा सुनुवाइ तोकिएको छ। लेखकले द्वन्द्वकालका मुद्दाको विषय संक्रमणकालीन न्याय पद्दतीबाट हो भन्ने कुरा सर्वोच्चले पहिले नै बोलिसकेको स्मरण गराए ।,

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : ५० बजे

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र