२८ असार २०८३, आइतबार | July 12, 2026

प्रचण्ड विरुद्धको मुद्दा राज्यको साझा विषय हो : रमेश लेखक

'संक्रमणकालीन न्यायको विषयमा राज्यका सबै अंगको सकारात्मक भूमिका हुनेछ'



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दायर मुद्दा कुनै एक पार्टीको नभएर राज्यको विषय भएको बताएका छन् ।

संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालको घटनाका विषयलाई लिएर प्रचण्ड विरुद्ध दायर रिटको विषय राज्यकै विषय भएको बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषयमा राज्यका सबै अंगहरुको सकारात्मक भूमिका हुने विश्वास व्यक्त गरे । लेखकले भने, ‘यो कुरा कुनै पार्टीको हो भन्ने होइन। यो राज्यको विषय हो। द्वन्द्वकालमा जति पनि घटना भए त्योबाट पीडितलाई न्याय र परिपुरण दिने यो विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने भनेको राज्यले हो । राज्यको विषय भन्ने वित्तिकै सरकार, संसद, राजनीतिक दलहरू र यसमा सर्वोच्च अदालत पनि पर्‍यो। यसमा सबै मिलेर कार्यसम्पादन गर्ने हो। यसबारे सर्वोच्चको भूमिका सकारात्मक हुन्छ भन्ने मलाई विश्वास छ।’

लेखकले संक्रमणकालीन न्यायका विषयलाई सम्बोधन गर्न त्यससम्बन्धी विधेयक संसदमा लैजानुपर्ने र छिटो पास गरेर कानूनअनुसार आयोग गठन गरिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्च अदालतमा आज मुद्दा परेको छ । यसको सुनुवाई यही फागुन २५ मा सुनुवाइ तोकिएको छ। लेखकले द्वन्द्वकालका मुद्दाको विषय संक्रमणकालीन न्याय पद्दतीबाट हो भन्ने कुरा सर्वोच्चले पहिले नै बोलिसकेको स्मरण गराए ।,

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : ५० बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका