३ आश्विन २०८३, शनिबार | September 19, 2026

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मनायो ११३ औं नारी दिवस



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवसका अवसरमा बुधबार बुटवलमा प्रदर्शन गरेको छ । दिवसको अवसरमा बुटवल ब्लड बैंक अगाडि महिला अधिकार मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेको हो ।

उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताए । उनले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिए । नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई कृष्ण, उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले लगायतले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताए । समाजले नारी दिवसकै अवसरमा रुपन्देहीको सैनामैनामा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको