७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

धार्मिक पर्यटकलाई आकर्षण दिन खजुरामा सुरुभयो महायज्ञ



खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ ।

वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गरे ।

उद्घाटन कार्यज्ञmममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई समाजिक रुपान्तरण गर्ने गरि गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताए । उनले खजुरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गरे ।

महायज्ञबाट निर्माण गर्ने भनिएको विशोल मुर्तिमा पालिकाको सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले लक्ष्मीनागरायण मन्दिरको प्रागंणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाइ आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै लक्ष्मीनारायाण मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको उल्लेख गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गरिन । उनले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताइन् ।
महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताए ।

महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिषरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायाणको मुर्ती स्थापना गरिने श्रेष्ठले बताए । निर्माणपश्चिात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ती देख्न सकिने उनले बताए ।

श्रेष्ठका अनुसार संरचना स्थपाना गर्न करिब ४ करोड रकम लाग्ने छ भने निर्माण ३ वर्षदेखि ५ वर्षसम्म सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चड्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उनले बताए ।
कार्यक्रममा महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास बताउँदै यस स्थानमा बस्ती बस्नुभन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताए ।

उनले लक्ष्मीनारायण मन्दिरको प्रागंणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुराबासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताए । उनले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुराबासीको संकल्प पुरा हुने बताए ।

बुधबार महायज्ञ उद्घाटनपूर्व पंचेबाजासहित भजनकृतन गर्दै १ सय ८ कलशसहित लक्ष्मीनारायण मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा ५ सय बढी खजुरावासीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि