१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आशिफ शेखको पहिलो एकदिवसीय शतक



काठमाडौं । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका छन् ।

आशिफ एक सय १० बलमा एक सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे । उनले कुल ३२ खेलमा एक हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार गर्दासम्म ४० दशमलव १ ओभरमा छ विकेटको क्षतिमा दुई सय २२ रन बनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १२ : २७ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल