७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल



काठमाडौं । राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि तनहुँवासी, मतदाता देखी प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकंक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।

‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको बक्तब्यमा भनेका छन, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशाषन, विकास र समृद्धिकोको आंकक्षा पुर गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।’

पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दैै प्रतिनिधिसभा र संविधानसभामा बिजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै  तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज