६ पुस २०८२, आइतबार | December 21, 2025

संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त : पौडेल



काठमाडौं । राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि तनहुँवासी, मतदाता देखी प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकंक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।

‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको बक्तब्यमा भनेका छन, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशाषन, विकास र समृद्धिकोको आंकक्षा पुर गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।’

पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दैै प्रतिनिधिसभा र संविधानसभामा बिजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै  तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : १६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ