२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ



काठमाडौं । अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।

खास गरी फिल्ममा अनमोलको अभिनयप्रति दर्शकमाझ तिब्र असन्तुष्टि र निर्देशकको कमी कमजोरी उस्तै देखियो । बरु फिल्मका निर्देशक निगम श्रेष्ठ फिल्ममा हाबी देखिए । जसको असर अभिनेता अनमोलदेखि उनका समर्थकसम्म पुग्यो ।

यहीबीचमा अनमोलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले दर्शकलाई निराश बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले फिल्म ‘छड्के २’मा आफू परिपक्क हुनुपर्ने भए पनि त्यसमा चुकेको स्वीकारेका छन् ।

‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

अनमोल अगाडि लेख्छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रही रहनेछ, मेरो कोशिस निरन्तर जारी रहन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४६ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव