६ बैशाख २०८१, बिहिबार | April 18, 2024

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले पढेको भन्दै  उनले त्यो भनाइ संविधान अनुकुल नरहेको बताए ।

शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए ।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए ।

उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बसेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ५४ बजे

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ