१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सीपीसी महासचिव सी तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित



बेइजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन् । बेइजिङमा जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले सीलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो ।

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्याए ।

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित भएको टिप्पणी गरेको छ । उनले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बनेका हुन् । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासिन भएका हुन् ।

गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले