१३ असार २०८३, शनिबार | June 27, 2026

चिनियाँ विकास र राष्ट्रिय पुनर्जागरणलाई रोक्न कुनै शक्तिले सक्दैन : सी चिनफिङ



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति सीले चिनियाँ राष्ट्रको पुनर्जागरणलाई कुनै पनि शक्ति रोक्न नसक्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान बुधबार बेइजिङको तियानमेन स्क्वायरमा आयोजित भव्य सैनिक परेड समारोहलाई सम्बोधन गर्दै सीले चिनियाँ विकास र राष्ट्रिय पुनर्जागरणलाई रोक्न कुनै शक्तिले नसक्ने प्रष्ट पारेका हुन् । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी–फासीवादी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको उद्घाटनको क्रममा बोल्दै उनले  मानवताका लागि शान्ति तथा विकासको अभियान अवश्य सफल हुने विश्वास जनाए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले सबै जातजातिका चिनियाँ जनतालाई एकताबद्ध भई सीपीसीको दृढ नेतृत्वमा कठिन परिश्रम गर्दै, एक बलियो राष्ट्र निर्माण र चिनियाँ आधुनिकीकरणमार्फत राष्ट्रिय पुनर्जागरणलाई सम्पूर्ण पक्षबाट अगाडि बढाउन आह्वान गरे।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध, जुन कठिन र महान् युद्ध थियो, आधुनिक समयमा विदेशी आक्रमणविरुद्ध चीनको पहिलो पूर्ण विजय भएको बताए । उनले यो विजय चीनको कम्युनिष्ट पार्टी द्वारा प्रस्तावित जापानी आक्रमणविरुद्धको राष्ट्रिय संयुक्त मोर्चामार्फत सम्भव भएको स्मरण गरे ।

राष्ट्रपति सीका अनुसार, जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्धमा चिनियाँ जनताले विशाल बलिदान गर्दै मानव सभ्यताको उद्धार र विश्व शान्तिको रक्षा गर्न महत्वपूर्ण योगदान दिएका थिए। यो युद्ध विश्व विरोधी–फासीवादी युद्धको महत्वपूर्ण हिस्सा थियो।

राष्ट्रपति सीले विश्वका सबै राष्ट्रलाई युद्धका मूल कारणहरू समाप्त गरी ऐतिहासिक त्रासदीहरू पुनः नदोहोरिन दिन आह्वान गरे।

‘समान व्यवहार, सौहार्दपूर्ण सहअस्तित्व र आपसी सहयोगमार्फत मात्र साझा सुरक्षा सुनिश्चित गर्न सकिन्छ’, उनले भने।

राष्ट्रपति सीले चीन शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने स्पष्ट प्रतिवद्धता जनाए। उनका अनुसार, ‘मानवता फेरि एक विकल्पको मोडमा छ – शान्ति वा युद्ध, संवाद वा सामना, पारस्परिक लाभ वा शून्य–योगको खेल।

चिनियाँ जनता इतिहासको सही पक्षमा, मानव प्रगतिका पक्षमा दृढतापूर्वक उभिनेछन् र विश्वसँगै हातेमालो गर्दै साझा भविष्यको समुदाय निर्माण गर्नेछन्।’

राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेना (पीएलए)लाई  राष्ट्रिय पुनर्जागरणका लागि रणनीतिक समर्थन दिन र विश्व शान्ति तथा विकासमा ठूला योगदान गर्न आह्वान गरे। उनले पीएलएलाई विश्वस्तरीय सेनामा रुपान्तरण गर्न र राष्ट्रिय सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतालाई दृढतापूर्वक रक्षा गर्न निर्देशन दिए।

समारोहमा चीनले अहिलेसम्मकै सबैभन्दा उन्नत हतियारको प्रदर्शन गरिरहेको छ । सो समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ इल लगायतका विश्वका दर्जनौं नेताहरुको सहभागिता रहेको छ ।

 

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ७ : ४९ बजे

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा