६ पुस २०८२, आइतबार | December 21, 2025

म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण


२७ फाल्गुन २०७९, शनिबार  

182
Shares

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् । सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई सङ्गठित बनाउने उद्देश्यले सो खेल मैदान बनाएका हुन् ।

युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र सय मिटर लम्बाइको खेल मैदान निर्माण भएको हो । सो खेल मैदानमा आगामी चैत २८ गतेदेखि रु एक लाख पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।

विसं २०७५ मा रु पाँच लाख, २०७६ सालमा रु सात लाख र २०७७ सालमा रु १० लाख बजेट बेनी नगरपालिका र प्रदेश सरकारबाट माग गरी खेलकुद मैदान निर्माण गरिएको हो । सोही खेलकुद मैदानलाई अहिले युवाले श्रमदान र देश विदेशमा रहेका व्यक्तिबाट सहयोग उठाइ रु पाँच लाख खर्च गरेर व्यवस्थित बनाएका छन् ।

चैत २८ गते हुने फुटबल प्रतियोगिताका लागि यहाँका युवा एक महिनाअघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिब रु आठ लाख खर्च हुनेछ । “मैदानको स्तरोन्नति गर्ने र आर्थिक स्रोत जुटाउने अभियानमा छौँ, सबैतिरबाट सहयोग प्राप्त भइरहेको छ”, अध्यक्ष थापाले भने, “खेलकुदको माध्यमद्वारा हामीले समाजलाई सङ्गठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौँ ।”

“हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ, उहाँहरुको साथ र सहयोगले नै हामीमा केही गरौँ भन्ने भावना विकसित भएको हो”, रिभरसाइड युवा क्लबका सल्लाहाकार एवं बगरफाँटका सक्रिय युवा नारायण थापाले बताए । बगरफाँट खेलाडीको गाउँ पनि हो । यहाँका युवा जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुँदै आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै रु एक लाख ५० हजार पुरस्कार जितेको थियो ।

अविनास तामाङ पे्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिए । पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले रु ५० हजार नगदसहित पुरस्कार प्राप्त गरेको हो । जिल्लास्तरमा हुने कुनै पनि प्रतियोगिताबाट रित्तो हात फर्किन नपरेको क्लबका सचिव कार्कीले बताए । पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुद, सामाजिक र जनचेतनामूलक काममा लागेका छन् । यहाँका युवाले कोरोना कालमा घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गर्ने काम गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ०२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ