३ आश्विन २०८३, शनिबार | September 19, 2026

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पाण्डेय



बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको तेस्रो अधिवेशनबाट साहित्यकार पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

दीप बोर्डिङ हाइ स्कुलको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णु विवश पोख्रेल, कृष्ण घिमिरे गाउँले र सीता काफ्ले, सचिवमा माधव सापकोटा, कोषाध्यक्षमा विजय सापकोटा, सहसचिवमा सुमित्रा राना, सदस्यहरुमा यज्ञलाल सुवेदी, सरला थापा, सिर्जना खनाल र प्रकाश नेपाली सर्वसम्मत निर्वाचित भएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार सोनु गुरुङले प्रतिष्ठानले भाषा, कला, साहित्य र संस्कृतिको उत्थान, श्रीवृद्धि र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको र नवनिर्वाचित समितिले थप रचनात्मक काम गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष् ाऋषि आजादले वाङ्मयका गतिविधिका बारेमा जानकारी गराउँदै नयाँ कार्यसमितिलाई सफलकार्यकालको शुभकामना दिएका थिए भने प्राज्ञ बूँद राना, गुरुदत्त ज्ञवाली, प्राज्ञ याम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने १५ भन्दा स्रष्टाले रचना वाचन गरेका थिए ।

पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिजु पछाईले स्वागत मन्तव्य, निर्वाचन संयोजकमा लक्ष्मण ज्ञवाली, सदस्यमा तिलक लामिछाने र सरु ज्ञवाली रहेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण घिमिरे गाउँलेले गरेका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको