२८ असार २०८३, आइतबार | July 12, 2026

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने



काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ ।

त्यसअघि आज दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका रहेका छ ।

शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यक्रम थियो । जसमा एमालेका अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।

अन्य तीन उम्मेदवारका विरुद्धमा उजुरी नपरेपनि रामसहायप्रसाद यादवका विषयमा भने एमाले र जनमत पार्टीका तर्फबाट दाबी विरोध गरेको छ । पुरुष खसआर्य समुदायबाट राष्ट्रपति निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो । जसमाथि आयोगले आज दिउँसो १२ बजेभित्र निर्णय गरिसक्ने छ ।

उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यसअघि राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : १३ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै