१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

प्रदेश राजधानी सारेर लगेकोमा भन्दा लगिसकेपछि एक शब्द धन्यबाद नपाउँदा बुटवल दुःखी छ : नगरप्रमुख पाण्डे



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेययबीच भेटवार्ता भएको छ ।

आज बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गरे । भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेशसभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायत समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताए । सभामुख घर्तीले प्रदेशसभाले बनाएका कानून कार्यान्वयन गर्ने स्थानीय सरकारसँग औपचारिकरूपमा कुनै पनि समन्वय र सहकार्य हुन नसकेको अवस्थामा छिट्टै नै त्यस्तो कामका लागि अनौपचारिक संयन्त्र बनाउने गरी तयारी गरिरहेको समेत बताए ।

निजामती कर्मचारीसम्बन्धी कानून निर्माणमा भएको ढिलाइका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै नगरप्रमुख पाण्डेयले सङ्घ र प्रदेशले छिट्टै कानून बनाएर स्थानीय सरकारको मर्म बुझिदिन अनुरोध गरे । उनले स्थानीय सरकारमा धेरै प्रकृतिका कर्मचारी कार्यरत रहेकाले त्यस्ता कर्मचारीका बारेमा पनि प्रदेशले कानून बनाएर सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले प्रदेश सभामुखका रूपमा मात्रै नभई जनताको प्रतिनिधि पनि रहेकाले बुटवलको ज्योतिनगर पहिरो, सिद्धबाबा सडक क्षेत्र, तिनाउ नदीको कटान र बाढीका कारण उत्पन्न विपद् व्यवस्थापन, सुकुम्वासी समस्याका बारेमा जानकारी गराउँदै प्रदेशका तर्फबाट सहजीकरण गरिदिन अनुरोध गरे ।

नगरप्रमुख पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी दाङ जाने क्रममा प्रदेश सरकारले बुटवलमा प्रयोग गरेका संरचना अस्तव्यस्त छाडेरगएकाले तीनको व्यवस्थापनमा सम्बन्धित सङ्घसंस्था र कार्यालयलाई सहयोग गर्न पहल गरिदिन अनुरोध गरे । उनले बुटवलबाटराजधानीका मुख्य संरचना दाङ गए पनि केही संरचना, केही मन्त्रालय र कार्यालय बुटवलमा राखेर प्रादेशिक अपनत्वको भावना देखाउन पनि अनुरोध गरे ।

“बुटवलले प्रदेश राजधानी सारेर लगेकोमा दुःख मनाउ गरेको होला तर प्रदेशको राजधानी सारेर लैजाँदा एकपटक धन्यवाद नदिएकोमा अरु धेरै चित्त दुखाएको छ”, उनले सभामुखसँग गुनासो गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ३४ बजे

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले