२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

थप पाँच अंकसहित आर्सनलको शिर्षस्थान कायमै



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ । आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३-० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।

सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।

आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो ।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए ।

यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : १६ बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च