२९ मंसिर २०८२, सोमबार | December 15, 2025

थप पाँच अंकसहित आर्सनलको शिर्षस्थान कायमै



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ । आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३-० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।

सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।

आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो ।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए ।

यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : १६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार