२८ भदौ २०८३, आइतबार | September 13, 2026

६ वर्षपछि फर्किएको आर्सनललाई ४-० को सुरुवाती जीत



काठमाडौं । पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्षपछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो ।

२०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४-० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन ।

गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २० औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।

गाब्रीएल जेससले ३८ औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३-० को फराकिलो अग्रता बनाउन सफल भयो ।

पहिलो हाफमा नै ३-० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७० औं मिनेटमा थप गोल गरे पछि खेल ४-० मा टुंगियो ।  सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : २७ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू