२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेका छ । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिमा पौडेलको सपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै आफ्नो निजी निवासमा सर्ने भएकी छिन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई विदाईस्वरुप उपहार प्रदान गरेका थिए ।

यही फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : ३३ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि