८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेका छ । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिमा पौडेलको सपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै आफ्नो निजी निवासमा सर्ने भएकी छिन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई विदाईस्वरुप उपहार प्रदान गरेका थिए ।

यही फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : ३३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको