५ श्रावण २०८३, मंगलबार | July 21, 2026

खजुराको धार्मिक पर्यटनलाई गाँउपालिकाबाट गौरवको आयोजना घोषणा



खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय केन्द्र बनाउने उद्देश्य सहित गत २४ गते देखी सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज समापन हुँदैछ । पर्यटकिय क्षेत्र सहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।

महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाँउपालिकाले धार्मिक पर्यटन सहित खजुरामा स्थापना गरिने मूर्तीको योजनालाई गाँउपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ ।

महायज्ञस्थलमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाँउपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलवमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे ।

महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।

सुस्तश्रवणका विद्यार्थी भागवत कथा सुन्न महायज्ञमा

महायज्ञमा श्रीमदभागवत कथा सुन्न सुस्तश्रवण शक्ति भएका विद्योर्थीहरु समेत महायज्ञमा उपस्थित भएका थिए । कथावाचकले चलाएको ओंठ र इशाराको आधारमा उनीहरुले कथाको भाव बुझेको राष्ट्रिय आधारभूत विद्यालयकी शिक्षिक रमा थापाले बताइन् ।

कथालाई साँकेतिक भाषामा बुझाइएको र अधिकांसले वाचकको इसाराबाटै कथाको सार ग्रहण गरिको उनले बताइन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ३५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं