६ पुस २०८२, आइतबार | December 21, 2025

आइसिसी विश्वकप लिग-२ : यूएईले टस जितेर ब्याटिङ रोज्यो



काठमाडौं । आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान ९:३० बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ । नेपालका सन्दीप लामिछाने सबैभन्दा कम खेलमा विकेटको शतक पुरा गर्ने कीर्तिमानबाट २ विकेटले मात्र पछाडि छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनस् युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए ।

सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।

नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ०१ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक