६ आश्विन २०८३, मंगलबार | September 22, 2026

जीर्णोद्धारपछि चिटिक्क बागलुङ कालिका



बागलुङ । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो ।

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् ।

गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ ।

भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णोद्धार गरिएको हो । जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ । निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ ।

जीर्णोद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताए । हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ ।

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याए ।

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । मन्दिरमा वर्षको दुई पटक बडादसँै र चैतेदसँैमा विशेष पूजा हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ३८ बजे

गल्छी-स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज