७ आश्विन २०८३, बुधबार | September 23, 2026

५ चैतमा स्ववियु निर्वाचन गराउन मध्यपश्चिम विश्वविद्यालयको निर्देशन



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

तर, शुक्रबार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ।

यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ ९मुसोम० का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : २४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज