३२ असार २०८३, बिहिबार | July 17, 2026

सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न मन्त्री मोदीको निर्देशन



काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’

मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईंहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु,’ उनले भने ।

कर्मचारीहरुमाथि सेवाग्राहीको सकारात्मक दृष्ट्रिकोण नरहेकाले उनीहरुको दृष्ट्रिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । ‘कर्मचारीहरुमाथि सेवाग्राहीहरुको आक्रोश मात्रै छ, समयमा काम भएन रु सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरु प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ रु यस्ता गुनासाहरु सदाको लागि अन्त्य हुनेगरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो,’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा। राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : ४३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना