३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलका व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव, सहकारीको ब्याजदर निर्धारण गर्न माग



बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर अचाक्ली महंगो भएकोले भाडादरसम्बन्धी मापदण्ड बनाउन सुझाव दिएका छन् । उनीहरुले महंगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबैक्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै लगानी गरेका व्यवसायीहरु मर्कामा परेको उनीहरुले बताएका छन् । सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजनाहरु समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाईमा सडकमा आउन समेत तयार रहेको भन्दै संघ र प्रदेशका योजना समयमै सम्पन्न गर्नका लागि दबाबमूलक कार्यक्रम जरुरी रहेको बताए ।

यस्तै, सहकारी क्षेत्रमा बुटवल उपमहानगरपालिकामा दर्ता नभएका सहकारीहरुका कारण सहकारीमाा बेथिति देखिएको र त्यसको दोष सबै सहकारीकर्मीहरुले खेप्नुपरेको सहकारी क्षेत्रका व्यक्तिहरुले बताएका छन् । उनीहरुले बुटवलभित्रका सहकारीहरुलाई एउटै मापदण्डमा ल्याउन र एकरुपता गर्नका लागि समान व्याजदर कायम गर्ने र त्यसको नियमन, अनुगमन बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सुझाव दिए ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले आयोजित छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन आग्रह गरे । उनले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि विज्ञहरुसमेतको सहभागितामा आवश्यक ऐनकानून बनाउने बताए ।

उनले सहकारीहरुले आफ्ना सदस्यहरुको लगानी सुरक्षित गर्दै सामाजिक क्षेत्रमा समेत लगानी गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गरे । सहकारीहरुले सहकारीका सदस्यहरुभन्दा बाहिरका उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै बुटवललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले बुटवलको व्यवसायिक क्षेत्रका समस्याका बारेमा बुटवल उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै नै यसबारे आवश्यक निणर्य गर्ने बताए ।

बुटवलको बजार विस्थापित हुन नदिन र थप चलायमान बनाउनका लागि नीतिगत तहमा र संघ तथा प्रदेशस्तरमा समेत छलफल गरेर आवश्यक कदम चाल्ने नगरप्रमुख पाण्डेयले बताए । उनले बुटवललाई देशकै अगुवा शहर बनाउने उदेश्यका साथ आफुहरु अगाडि बढेको बताउँदै हरेक क्षेत्रको साथ र सहयोगले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताए ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।

सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ४० बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा