५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग



भैरहवा । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले कृषि क्षेत्रमा कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निर्णयले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निर्णय फिर्ता लिन माग गरेको हो ।

‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरुलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

माग सम्बोभन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए । ‘रासायनिक मलमा भएको यसप्रकारको कटौतीले कृषि उत्पादनमा लागत बढ्न गइ कृषि उपजहरुको मूल्यमा भारी मात्रामा वृद्धि हुनेछ ।

यसको सिधा प्रभाव मूल्यवृद्धि भइ उपभोक्ता मारमा पर्ने स्थिति देखिन्छ, पन्थीले भने, ‘खेतीको समयमा सदैव मलको अभाव खेपिरहेका किसानलाई अझ थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतीको यो निर्णयले किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गरेको छ । ’सरकारको यो निर्णयले मुलुकमा उत्पादन घट्न गइ खाद्य सुरक्षा आँच आउने जोखिम बढेको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।

कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ४६ बजे

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा