६ पुस २०८२, आइतबार | December 21, 2025

अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग



भैरहवा । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले कृषि क्षेत्रमा कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निर्णयले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निर्णय फिर्ता लिन माग गरेको हो ।

‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरुलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

माग सम्बोभन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए । ‘रासायनिक मलमा भएको यसप्रकारको कटौतीले कृषि उत्पादनमा लागत बढ्न गइ कृषि उपजहरुको मूल्यमा भारी मात्रामा वृद्धि हुनेछ ।

यसको सिधा प्रभाव मूल्यवृद्धि भइ उपभोक्ता मारमा पर्ने स्थिति देखिन्छ, पन्थीले भने, ‘खेतीको समयमा सदैव मलको अभाव खेपिरहेका किसानलाई अझ थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतीको यो निर्णयले किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गरेको छ । ’सरकारको यो निर्णयले मुलुकमा उत्पादन घट्न गइ खाद्य सुरक्षा आँच आउने जोखिम बढेको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।

कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ४६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको