४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा छोटाहात्ती चोरी गर्ने ‘चोरहरु’ पक्राउ



बुटवल । रुपन्देहीको भैरहवाबाट गाडी (छोटाहात्ती) चोरी गर्ने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत १ गते सिद्धार्थ नगरपालिका ८ अन्नपूर्ण टोलमा सडक किनारमा पार्किङ गरिएको छोटाहात्ती चोर्ने कार्यमा संग्लग्न २ जनालाई प्हरीले पक्राउ गरेको हो ।

स्थानीय कुन्दन श्रेष्ठको नाममा दर्ता रहेको लु १ च ७८२२ नम्बरको छोटाहात्ती सडक किनारमा पार्किङ गरेर राखिएको अवस्थामा चोरी भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास गर्दा गाडी सहित चोरीमा संलग्न २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.८ बस्ने २३ वर्षिय रिवेश गुरुङ र वडा नं. ३ बस्ने २४ वर्षिय बिबेक परियार रहेका छन् ।

प्रहरीले हराएको गाडी खोजतलास गर्दै जाने क्रममा गए राती २ बजेको समयमा सिद्धार्थ नगरपालिका ९ नालन्दा स्कुल पछाडी खाली खेतमा रोकी राखेको अबस्थामा फेला परेको र सो गाडी भित्र शंकास्पद रुपमा बसिरहेका गुरुङ र परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजनालाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको