१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रूपन्देही नेपाली खेलाडी उत्पादनको थलो हो : चन्द



बुटवल । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले रुपन्देहीकै कारण नेपाल क्रिकेटले उचाइ हासिल गरेको बताए ।

नेपाल टेलिकम रुपन्देही सुपरलिग २०७९ समापन कार्यक्रममा बोल्दै चन्दले अहिले नेपाल क्रिकेटको सिनियर टोली र यु १९ टोलीले जुन उचाइ हासिल गर्यो त्यो रुपन्देहीले क्रिकेट खेलमा गरेको योगदानका कारण हो भन्न आफुले कुनै संकोच नमान्ने बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले क्रिकेट खेलको लागि धेरै योजना अघि बढाएको बताइन् । अधिकारीले सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न क्यानलाई आग्रह गरिन् ।

कार्यक्रमका अध्यक्ष रुपन्देही क्रिकेट संघको अध्यक्ष हरि थापाले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गराउन रुपन्देही तयार रहेको बताए ।

समापन कार्यक्रममा प्रतियोगितामा उपाधि बिजेता वेस्टर्न क्रिकेट क्लवले १ लाख, र उपबिजेता लुम्बिनी खुकुरी क्लवले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा प्रतियोगिताको मेन अफ द सिरिज घोषित हुँदै अनिल कुमार शाहले १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा इखलाख वार्सीले बेस्ट बलर, बेस्ट ब्याटर प्रज्ववल थापा र इमर्जिगं प्लेयर सुरेश आले प्राप्त गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ३० बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल