१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

सतप्रतिशत सांसदहरुबाट विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै सांसदहरुको विश्वासको ामत पाउने आशा राखेको बताएका छन् ।

आइतबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका हुन् । भोलि सोमबार दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि गत पुसमा प्रचण्डले पहिले ९९ दशमलव २५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएका थिए । उनले सोही कुरालाई स्मरण गर्दै यसपटक सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ४ : ३१ बजे

लुम्बिनीमा आजदेखी राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदली रहने

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा