२९ असार २०८३, सोमबार | July 13, 2026

सतप्रतिशत सांसदहरुबाट विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै सांसदहरुको विश्वासको ामत पाउने आशा राखेको बताएका छन् ।

आइतबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका हुन् । भोलि सोमबार दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि गत पुसमा प्रचण्डले पहिले ९९ दशमलव २५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएका थिए । उनले सोही कुरालाई स्मरण गर्दै यसपटक सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ४ : ३१ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान